+
Search

ताजा अपडेट +

पपुलर +

सिंहदरबारको फोहोर नउठाउने काठमाडौंका मेयर बालेन साहको घोषणा

पालिका लाइभ
२०७९ चैत्र २५, शनिबार

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘…साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताए । उनले भने, ‘मेयरसापको आधिकारिक पेजमा नै कुरा आएपछि त्यसै अनुसार बुझ्नुपर्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ