गाेरखा- गाेरखा १ (१) मा मतगणनाको चलिरहँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण धितालले पहिलोपटक अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार धितालले ४ हजार ६५२ मत पाएका छन् ।
उनका निकटटम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र बहादुर थापाले ३ हजार ४०० मतका साथ पछ्याउदैं छन् । उनीहरूकाे मतान्तर १ हजार २५२ रहेकाे छ ।
गाेरखा १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाई ६ हजार ५५५ मतका साथ अग्रता लिएका छन् । उनलाई एमालेका रामशरण बस्नेतले पछ्याईरहेका छन् । बस्नेतले २ हजार ६७६ मत पाएका छन् । उनीले बजगाई २०७४ सालकाे प्रदेश सभा निर्वाचनमा पराजित गरेका थिए ।
गाेरखा १ प्रदेश सभा (२) मा कांग्रेसका उम्मेदवार नन्दप्रसाद न्याैपानेले अग्रता लिएका छन् । उनले एमालेका मोहन प्रसाद भट्टराईलाई १ हजार ७६५ मतका साथ अग्रता लिएका छन् । न्याैपानेले ४ हजार १० मत ल्याउदाँ भट्टराईले २ हजार २४५ मत ल्याएका छन् ।
२ मा मतान्तर बढाउदैं प्रचण्ड
गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तर बनाएका छन्। प्रचण्डले ९ हजार ५२७ मतका साथ अघि छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकाेटी २ हजार ९७० र एमालेका अब्दुस सलाम मियाँले २ हजार १४५ ल्याएका छन् ।
गाेरखा २ (१) नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले ६ हजार ५४७ साथ अग्रता लिएका छन्। उनलाई एमालेका राजु रानाले २ हजार ८५२ मतका साथ पछ्याईरहेका छन् ।
गाेरखा २ (२) मा कांग्रेसका सुरेन्द्रराज पाण्डेले ८ हजार ९७३ मतका साथ अग्रता लिएका छन् । उनी गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका रूपमा हेरिएका अनुहार हुन् । उनलाई एमालेका बसन्त गुरुङले २ हजार ६३६ मतका साथ पछ्याइरहेका छन् ।
प्रतिक्रिया