+
Search

ताजा अपडेट +

पपुलर +

लियो गोरखाको फेमिली नाईट तथा अवार्ड कार्यक्रम सम्पन्न…

पालिका लाइभ
२०७९ असार १६, बिहीबार

गाेरखा- लियो क्लब अफ गोरखाले ‘लियो फेमिली नाइट एवं अवार्ड सेरेमोनी’ २०७९ कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले एक भर्ष भरि भए गरेको सामाजिक कामको भिडीयो चित्रमार्फत प्रस्तुत गरेको थियो ।

क्लबले उत्कृष्ट कार्य गर्ने लियो सदस्यहरुलाई सम्मान र अवार्ड प्रदान गरेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु र क्लबकै सक्रिय सदस्य गोमा कोइरालाले आकर्षक नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरंजन दिएका थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि शित्तालकाजि मास्केले सोहि कार्यक्रम मार्फत १ लाख रुपैया बराबरको ‘च्याटर प्रेसिडेण्ट एजुकेसन फन्ट’ नामको अक्षयकोष स्थापानकाे घोषणा गरे । उक्त रकमलाई सहि तरिकाले सदुपयोग गर्न पनि क्लबलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा अतिथिहरु लियो एड्भाजर अच्युत लाल श्रेष्ठ, लियो जिल्ला परिषद ३२५ जे का नवनिर्वाचित अध्यक्ष किरण थापा क्षेत्री, लायन्स क्लब अफ गोरखा सिटिका अध्यक्ष इमान जंग बानियाँ, लायन्स लब अफ गोरखा तारा नगरका प्रथम उपाध्यक्ष यम बहादुर बसेल, लियो पुर्व अध्यक्ष एव लायन्स गोरखाका पुर्व अध्यक्ष योङ्ग कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

लियो क्लबमा आबद्द सदस्यहरुको अभिभावकसहितको उपस्थितिमा रहेको उक्त कार्यक्रम आफ्ना छोराछोरी कस्तो काममा लागेका छन् । लियो भनेको के हो ? भन्ने कुराको जानाकारी होस्र र एक अर्कामा परिचित पनि होस् भने उद्देशयले कार्यक्रम गरिएको क्लबका प्रथम उपाध्यक्ष बालकृष्ण परियारले जानाकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ