+
Search

ताजा अपडेट +

पपुलर +

इजरायलमा सहायक कामदारका लागि आवेदन खुला, २३०० जनालाई रोजगारीको अवसर (विस्तृत सूचनासहित)

पालिका लाइभ
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं- इजरायलमा नेपालीका लागि फेरि ठुलो मात्रामा रोजगारी खुलेको छ।

वैदेशिक रोजगार विभागले बुधबार जारी गरेको सूचनाअनुसार इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशन गरिएको मितिले २१ दिनभित्र रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मा अनलाइन आवेदन दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

दरखास्त पेस गर्न सुरु हुने मिति २०८३/०२/१७ राति १२ बजे र अन्तिम मिति २०८३/०३/०७ गते राति १२ बजेसम्म रहेको विभागले जनाएको छ।

यसका लागि आवश्यक न्यूनतम योग्यता यस्ता छन्:

(क) नेपाली नागरिक

(ख) २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको

(ग) कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल भएको

(घ) कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको

(ङ) विगतमा इजरायलमा गई कार्य नगरेको

(च) बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको

(छ) शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको, कुनै प्रकारको जीर्ण रोगहरू ( क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया, एड्स) बाट ग्रसित नभएको, गरुङ्गो सामान उचाल्न सक्नेलगायत स्याहार केन्द्रमा सहायक कामदारका रूपमा कार्य गर्न सामर्थ्य भएको र दुर्व्यसनमा नलागेको

(ज) प्रवेशाज्ञाका लागि प्रक्रया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद (passport validity period) समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी रहनपर्नेछ।

विस्तृत विवरण तलको सूचनामा

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ