+
Search

ताजा अपडेट +

पपुलर +

झलनाथ खनालको कार्यकर्तालाई निर्देशन : चुनावमा कसैले पैसा लिएर आए समात्नु

पालिका लाइभ
२०७८ फाल्गुन २८, शनिबार

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली कांग्रेसका नेताहरु र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् ।

शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्नका लागि भोट किन्न ओली र कांग्रेस नेता बोरामा पैसा लिएर आउने बताएका हुन् ।

नेता खनालले केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताए । यद्यपि उनले कांग्रेस सभापति शेरबहादुर देउवाले भने निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताए ।

उनले एमाले अध्यक्ष ओली पनि चुनावमा पैसाको बोरा बोकेर चुनावमा भिड्ने बताए । एमालेले आफुलाई हराउने रणनीति बनाइरहेको समेत खनालले बताए ।

उनले एकीकृत समाजवादी पार्टी भर्खरै ६ महिनाको भएको बताउँदै पैसा समेत नभएकोले निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताए । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन समेत निर्देशन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ