+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केबलकार आजदेखि चार दिन बन्द हुने

पालिका लाइभ
२०७८ पुष ४, आईतवार

गाेरखा- मनकामना केबलकार आज (आइतबार) देखि चार दिन बन्द हुने भएको छ। स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले पुस ७ सम्म केबलकार सेवा बन्द हुने भएको हो।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीवारबाट केबलकार सेवा नियमित सञ्चालन हुनेछ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो। चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ