+
Search

ताजा अपडेट +

पपुलर +

मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा पनि मतदाता नामावली संकलन

पालिका लाइभ
२०७८ मंसिर ७, मंगलवार

काठमाडौं– निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ ।

हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय रहेका भन्दा बाहेकका ६३७ स्थानीय तहको केन्द्रमा मतदाता नामावली सङ्कलन हुनेछ ।

हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ ।

आयोगले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता प्राप्त गरेकाहरुको विवरण संकलन गर्ने गरेको छ तर मतदाता नामावलीमा नाम भने १८ वर्ष पूरा भएपछि मात्र समावेश हुनेछ ।

आयोगले मंसिर १७ गतेदेखि सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लाका नागरिकको पनि विवरण संकलन गर्ने भएको छ । हाल स्थायी ठेगाना रहेका जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संङ्कलन भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ