+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालले भने- अर्ली इलेक्सनको सम्भावना छैन, तीनवटै तहको निर्वाचन एकैचोटी

पालिका लाइभ
२०७८ कार्तिक १६, मंगलवार

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै उनले कसै-कसैले चाहेजस्तो अर्ली ईलेक्सनको सम्भावना नरहेको प्रष्ट्याए ।

राष्ट्रलाई व्ययभार हुन नदिन तीनवटै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भइरहेको नेपालले बताए ।

‘इलेक्सन समयमा हुन्छ । त्यसको निम्ति अब प्रक्रिया सुरू हुन्छ । जस्तो राष्ट्रियसभाको चुनाव छ । त्यो गर्नै पर्‍यो समयमा । अव उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ’, नेपालले भने, ‘प्रदेशसभाको निर्वाचनको कुरा । त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ । सर्वोपरी रूपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो । कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन ।’

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ