+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केबलकार आइतबारदेखि सञ्चालन हुने

पालिका लाइभ
२०७८ भाद्र १८, शुक्रबार

गाेरखा- कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केबलकार आइतबारदेखि सञ्चालनमा आउने भएको छ । मनकामना दर्शन प्रालिले भदौ २० गतेबाट केबलकार सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवाहरू यही आउँदो आइतबारदेखि स्वास्थ्य मापदण्डका साथ पुन सञ्चालन हुन लागेका हुन् । साथै प्रालिले सम्पूर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्यरूपमा पालना गर्न अनुरोध गरेको छ ।

‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा यहि आउदो आइतबार भाद्र २० गतेबाट स्वास्थ्य सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुने जानकारी गराउदछौं । मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोरखाको निर्णय अनुसार नै हुने समेत जानकारी गराउदछौं । साथै सम्पूर्ण यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौँ ।’ प्रालिले भनेको छ ।

https://www.facebook.com/cablecarmanakamana/posts/1244464296001504

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ