+
Search

ताजा अपडेट +

पपुलर +

जेठ २७ गते विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको तयारी, के गर्ला जनमाेर्चा !

पालिका लाइभ
२०७८ जेष्ठ २३, आईतवार

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने तयारी गरेका छन्। शनिबार बसेको कार्यव्यवस्था परामर्श समितीको बैठकमा सत्तापक्षले जेठ २७ गते विश्वासको मत लिने योजना सुनाएको हो।

सत्तारूढ दलको उक्त निर्णयमा विपक्षी दलका नेता भने सहमत छैन। विश्वासको मत लिनु पुर्व सरकारको तर्फबाट दुई दिन अगाडी संसदमा जानकारी गराउनुपर्छ। बैठकमा उपस्थित विपक्षी सांसदका अनुसार सत्तापक्षले २५ गते संसदमा जानकारी गराएर २७ गते विश्वासको मत लिने बताएको छ।

त्यस्तै प्रदेशसभामा छलफलका लागि कुनै कार्यसूची नभएकाले आइतबारको बैठक स्थगित हुने भएको छ।

‘अरु कार्यसूची छैन सरकारले विश्वासको मत लिन कहिले प्रस्ताव दर्ता गर्छ,’ बैठकमा उपस्थित एक सांसदले भने, ‘त्यसैमा भर परेर बैठक बोलाइन्छ ।’

गत वैशाख २९ गते ठूलो दलको नेताको हैसियतले पुनः मुख्यमन्त्री पदमा नियुक्त भएका गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

बिहिवार जनमोर्चाका कृष्ण थापालाई सांसद पदबाट पदमुक्त गरेपश्चात् ६० सदस्यीय प्रदेश सभामा ५९ सांसद कायम भएको छ। यसअघि मुख्यमन्त्री गुरुङलाई विश्वास मत लिन ३१ सांसद आवश्यक परेको स्थानमा अब ३० मत पुर्‍याउनुपर्नेछ।

प्रदेशमा एमालेका २७ र १ जना स्वतन्त्र सांसद सहित २८ जनाको सर्मथन मुख्यमन्त्री गुरुङलाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ