+
Search

ताजा अपडेट +

पपुलर +

भूगर्भविद्को चेतावनीलाई लत्याउदैं ओलाङमा ‘हाइड्रो पावर कम्पनीको दाेहन’

लीलाधर काेइराला
२०७७ माघ २०, मंगलवार

खरिबाेट (गोरखा)- २०७२ सालमा गएको विनाशकारी भूकम्पले तहस–नहस बनाएको अजिरकोट गाउँपालिका-२ (साबिक खरिबोट गाविस वडा न ३) को ओलाङ गाउँमा ‘हाईडोपावर कम्पनीले रजाँई’ गरेको छ । ०७२ सालको भूकम्पपछि उच्च जोखिम भएको भन्दै भूगर्भविदले दिएको चेतावनीलाई लत्त्याउँदै हाईडोपावर कम्पनीले रजाँई गरेको हो ।

अजिरकोट गाउँपालिका- १, घ्याचोकको मिलिम,  वडा न २ खरिबाेटको केप्रुङ र ओलाङ गाउँलाई उच्च जोखिमको गाउँको रूपमा औँल्याउँदै त्यहाँका बस्तीसमेत सार्ने सरकारको योजना थियो । तर, भूकम्पका धक्काहरू कम हुन थालेपछि यी योजनाहरूसमेत सेलाउन थाल्यो ।

गोरखा र लमजुङको सिमाना हुँदै बग्ने चेपेखोलामा अहिले तिन वटा हाइड्रोपावर कम्पनीले निमार्ण कार्य थालनी गरेका छन् । यी तिन वटा हाइड्रो पावर कम्पनीले ओलाङ गाउँलाई छुन्छ । प्राय वनको भागमा निमार्ण हुने दूधपोखरी चेप हाइड्रोपावर कम्पनीदेखि लमजुङको कुनाघाटमा निमार्ण हुने आशुतोष इन्नर्जी प्रा.लीसम्मले यो गाउँलाई छुन्छ ।

ओलाङमा सुपर चेपे हाइड्रोपावर कम्पनी, दूधपोखरी चेपे हाइड्रोपावर कम्पनी र आशुतोष इन्नर्जी प्रा.लीसम्मले यो गाउँलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिन्छन् । तर, सुपर चेपे र चेपे दूधपोखरी आयोजना भने यही गाउँमा बन्छ । त्यसमा पनि सुपर चेपेका कारण यो गाउँको अस्तित्व त सकिने होइन भने प्रश्न अहिले गाउँमा चल्न थालेको छ ।

दलालबाट ठगिएका जनता शेयरले मक्ख

हाइड्रोपावरको काम गर्दै आएको (रिजन कम्पनी) ले ९ मेगावाट क्षमताको ‘सुपर चेपे’ आयोजनाको निर्माण प्रक्रिया अगि बढायो । ओलाङ भन्दा माथि ताल बगरको (मान्द्रे–निम्चे) सामुदायिक वन हुँदै पाइपको माध्यमबाट पानी ल्याएर साबिकको लिगलिग खोला जलविद्युत आयोजनाको पावर हाउस हुँदै गोरखा र लमजुङको सिमानाको घट्टे खोलामा पावर हाउस निर्माण हुने आयोजनाका कारण ओलाङका करिब ८५ घर प्रभावित भएका छन् ।

साउन २५, २०७६ मा पालिका लाइभमा  मुअब्जाकाे रकम कम दिएको, मुआब्जा सन्तोषजनक नभएको भन्दै समाचार प्रकाशित भएपछि कम्पनीले स्थानीय एजेन्ट (दलाल)का रूपमा काम गर्न स्थानीय यमनाथ भट्टलाई जिम्मा दियो । उनै भट्टले जिल्ला तहदेखि स्थानीय सरकारसम्मलाई मिलाएर वनको जग्गामा समेत रजाइँ गर्न खोजिरहेका छन् । अझ उनले ती कम्पनीमा ५० लाखसम्म शेयर हालेको भन्दै खरिबोटमा कानेखुसी चल्न चालेको छ ।

कम्पनीका भट्ट र वडाध्यक्ष भीमलाल तामाङको टोली मुअब्जाकाे मूल्याङ्कन कम दिएको गुनासोपछि कम्पनीले मुआब्जाको रकम बढायो । प्रति रोपनी २५ हजार जनताको हातमा थमाएका उनीहरूले पछि कम्पनीले ७५ हजारका दरले मुआब्जा दियो । त्योसँगै स्थानीय ८५ घरलाई प्रतिघर १०० कित्ताका दरले शेयर दिने सहमति भएपछि ओलाङ गाउँमा डोजर चलेको हो ।

अहिले ओलाङ गाउँबाट चेपे खोलाको किनारै किनार ताल बगर–कालो पातल फेदसम्म सडक लैजाने योजना हाइड्रोपावर कम्पनीको छ । तर, यो बाटो हुदैं जाने आउन मात्र हुन्छ । फेरि पाइप राख्नका लागि यो हाइड्रो कालो पातल फेददेखि घट्टे खोलासम्म नै वन फाँडेर सडक खन्छन् । यही सडकका कारण ओलाङ गाउँ जीर्ण बन्दै छ ।  किनकि यो गाउँ भूगर्भविदले जुनसुकै बेलामा जे सुकै हुन सक्ने चेतावनी दिएका थिए।

भूगर्भविद्को चेतावनीलाई लत्त्याउँदै ओलाङमा डोजर

०७२ सालको भूकम्पपछि सर्भे गर्न आएको भूगर्भविद्को टोलीले यस गाउँलाई उच्च जोखिमका रूपमा राख्यो । त्यो भूगर्भविद्को टोलीले गाउँ मात्र नभएर यो स्थानमा बाटोसमेत नखन्न स्थानीय प्रशासनलाई हुदैं सरकारलाई समेत आग्रह गरेको थियो ।

२०७२ सालको भूकम्पले जमिनमा विभिन्न ठाउँमा दरारहरू बनाएको छ जसले गर्दा जमिन कमजोर बनाएको छ । त्यहीँ दराबाट आफ्नो भार थाम्न नसकेर सुःखा पहिरोहरू गइरहेको छ । तर, सरकारले खोला त बेच्यो तर खोलासङै जोखिमयुक्त गाउँ समेत बेच्यो । विकाश निर्माणका नाममा हुने यस्ता किसिमका कारणहरूले नै भोली गाउँ नै त ध्वस्त हुने होइन । मन मनमा त्यही प्रश्न उठिरहेको छ ।

बर्खामा झन् धेरै पानी पर्ने र ती दरार बनाएको ठाउँबाट पानी छिरी जमिनलाई कमजोर बनाउँछ र पहिरो जान्छ । कमजोर भएको ठाउँमा भौतिक संरचना मन लाग्दी रूपमा बनाउनाले कतिपय ठाउँमा गाउनै भासिएर पहिरो गएर ठुलो क्षति भएको समाचारहरू सुन्दै आएका छौ । पहिरो रोकथाममा भूगर्वबिद्को ठुलो भूमिका रहेको हुन्छ ।

भूगर्भबिदहरुले सम्बन्धित ठाउँको भूगर्भलाई अध्ययन गरेर उपयुक्त विधि अपनाएर पहिरो रोकथाम गर्न सकिन्छ। भूगर्भबिदहरुको सल्लाह र सुझाव लिएर अघि बढ्न सके पहिरोको जोखिमबाट हुने विपत्तिलाई केही हदसम्म रोकथाम गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला