+
Search

ताजा अपडेट +

पपुलर +

बुधबारदेखि निरन्तर वर्षा : रम्भामा पहिरो ३ घर पुरिए, ६ बेपत्ता

पालिका लाइभ
२०७७ आश्विन ८, बिहीबार

फाइल तस्बिर


पाल्पा- अविरल वर्षापछि खसेको पहिरोले ३ घर पुर्दा ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले बिहीबार बिहान तीन घर पुर्दा ६ जना बेपत्ता भएका हुन् ।

बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको ठूलो पहिरोले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिए।

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि ज्यान जोगाउन सफल भएका छन् । गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।

अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् ।

उनका श्रीमान् भने पहिरो खसेपनि ज्यान जोगाउन सफल भएका थिए। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

बुधबारदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जसका कारण पहिरोको जोखिम रहेका क्षेत्रहरुमा त्रास बढेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ