+
Search

ताजा अपडेट +

पपुलर +

७० वर्ष नाघेकालाई चन्द्रागिरि केबलकार सेवा निःशुल्क

पालिका लाइभ
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं- ज्येष्ठ नागरिकहरूको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ ।

बच्चादेखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरूको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो ।

यो योजनाअन्र्तगतको सेवा लिन पर्यटकहरूले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्नेछ ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रागिरि केबलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यसअघि नै गरिसकेको छ ।

त्यसका अतिरिक्त तीन फिटसम्म उचाइ भएका बालबालिकाहरूलाई पूर्णतः निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ ।

साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरूलाई २५ प्रतिशत र शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ