+
Search

ताजा अपडेट +

पपुलर +

रक्सी बनाउनेलाई १० र खानेलाई ५ हजार जरिवाना

पालिका लाइभ
२०७६ मंसिर २९, आईतवार

काठमाडौं- जाजरकोटको भेरी नगरपालिकामा घरेलु मदिरा उत्पादन गर्नेलार्य १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई जरिवाना तोकेको हो।

यस्तै मदिरा सेवन गर्नेलाई भने पाँच हजार रुपैयाँ जरिवाना तोकिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्। भेरी नगरपालिका–३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन्।

सिद्धिगणेश टोल विकास समिति गठन गरेर उनीहरूले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन्। जाँड–रक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए।

स्थानीय प्रशासनबाट अनुमति लिएर अभियान थालेका उनीहरूले सामुदायिक प्रहरीको सहकार्यमा जाँड–रक्सी नियन्त्रण गर्न लागेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ