+
Search

ताजा अपडेट +

पपुलर +

सर्वसाधारणलाई सैनिक पोसाक प्रयोग गर्न नदिन भन्दै ७७ जिल्लालाई गृहको परिपत्र

पालिका लाइभ
२०७६ श्रावण १६, बिहीबार

काठमाडौं– नेपाली सेनाले लगाउने सैनिक पोसाकको बिक्रीवितरण र पहिरनमा रोक लगाउन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ।

आफ्नो पोसाकको दुरुपयोग गरी विभिन्न निजी सेक्युरेटी गार्ड कम्पनी, सर्वसाधारण र आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिले लगाएको जनाउँदै नेपाली सेनाले गृहलाई पत्र लेखेको थियो।

स्रोतका अनुसार सेनाको उक्त पत्र आएसँगै गृह मन्त्रालयले साउन १३ गते ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सैनिक पोसाकको दुरुपयोग रोक्न निर्देशन दिएको हो।

गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पठाएको पत्रमा सेनाका सकलदर्जाले प्रयोग गर्ने कपडा बेचबिखन रोक्न निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ