गाेरखा- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गोरखा शाखाको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको छैठौं अधिवेशनले मीनाकुमारी गुरुङको अध्यक्षतामा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण दानी, उपाध्यक्षमा राजेन्द्र पन्त, महिला उपाध्यक्षमा रीता थापामगर, सचिवमा हरेराम परियार, कोषाध्यक्षमा विकास नेपाली चयन भएका छन् ।
त्यस्तै सहकोषाध्यक्ष रुपा गुरुङ र सहसचिवमा हरिकुमार श्रेष्ठ चयन भएका छन् । यस्तै १६ सदस्यीय सो समितिमा लवकुमार भट्ट, पवनश्री परियार, सुनिल लामिछाने, अमर थापा, कल्पना आले, भरत सुनार, प्रकाश गुरुङ चयन भएका छन् ।
यस्तै पूजा गुरुङ, राज गुरुङ, वालकृष्ण परियार, टिका गुरुङ, बुद्धिबहादुर गुरुङ, सुवास गुरुङ, केशव वगाले, तीलकुमारी पोखरेल र सुरज थापालाई पनि अधिवेशनले सदस्यमा चयन गरेको छ ।
निर्वाचित पदाधिकारीहरुलाई राष्टिूय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश बिजीले सपथग्रहण गराएका थिए ।
प्रतिक्रिया