गोरखा- बाक्लो गाँउ । करिब सय घर । ४ सय भन्दा बढि जनसख्यां भएको गाउँ । जिल्लाको अजिरकोट गाउँपालिका-२, खरिबोटको एउटा त्यस्तो चिनारी छ । त्यो हो खरिबोटको तिनधारो अर्थात ‘ठुलोधारो’।
यस धारोको उत्पति कहिले भयो ? कतैपनि उल्लेखित भएको छैन । खरिबोटमा सापकोटा र धिताल भन्दा अगि ठुलो मात्रामा गुरूङ र तामाङहरूको बाक्लो बस्ती थियो । तर, भज्याङमा धिताल राजाहरू राज्य गर्न आएपछि ति तामाङ र गुरूङलाई खरिबोटबाट लेखिटिएको गोरखा चिनारीमा प्रकाशित एक लेखमा भेटिन्छ ।
हो, त्यहि समयदेखि प्रयोगमा ल्याईएको एक धारो हो तिनधारो । यसलाई खरिबोट तिर ठुलोधारोपनि भनिन्छ । खरिबोटका स्वगिय ९१ बर्षका अन्नधर भट्टका अनुसार धिताल राजाहरूले यस धारोलाई बिषेशगरी बाहुन र क्षेत्रिहरूले मात्र प्रयोग गर्नु भन्नेसम्मको आदेश दिन्थे । अनि तल्लो जातका मानिसहरूका लागी चाँहि सानो धारो भन्ने छ । यसरी पानी खानका लागि समेत राजाहरूले धारो भाग लगाएका थिए ।
जानकारहरूका अनुसार यो धारो धिताल राजाहरूले भज्याङमा राज्य सुरूगरेपछि निमार्ण भएको बुढापाकाहरू भन्छन् । तर पनि यो धारो कसले बनायो र कुन मितिमा बनायो त्यो चाँहि अहिलेसम्म थाहा पाउन सकिएको छैन ।
माटो र ढुङ्गाबाट निर्माण भएको धारोमा ३ वटा पाइपबाट पानी आएपछि यसलाई तिनधारो भनिएको हो । जाडो समयमा बिहान बिहान तातोपानी आउने र गर्मि समयमा बिहान बिहान चिसो पानी आउने भएकाले पनि यो धारो बिशेष प्रकारको भएको स्थानियहरू बताउछन्।
नेपाल संघिय संरचनामा गएपछि खरिबोट एक वडामा भयो । तर, गाउँपालिका अध्यक्ष देखि वडाअध्यक्षसम्मले यहि धारोको पानी खाए । तर २०७२ सालको विनाशकारी भुकम्पले त्यो धारोमा समेत क्षति पुग्यो । तर, कुनै निकायले वास्ता समेत गरेन । धारो निर्माण समितिको अध्यक्ष कौशिला धितालले भन्छिन् ।
‘वडाअध्यक्ष भिमलाल तामाङले स्थानिय निर्वाचनको समयमा वडाबाट केहि रकम सहयोग गर्छु भनेका थिए’ उनले भनिन् ‘तर अहिले वास्ता समेत गरेन । त्यसैले हामी आमा समुह मिलि धारो पुर्ननिर्माणको काम अगाडी बढाएका छौ।’
‘निर्वाचनका समयमा नेताहरूले आश्वसान मात्र दिए तर काम केहि गरेन’ धारो निर्माण समुहकी सदस्य रमा सापकोटाले भनिन् ‘तिनधारो निर्माणका लागी हामीले गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल देखि प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसम्मलाई भन्यौँ तर कसैले पनि सहयोग गरेन ।’
अहिले धारो पुर्न निर्माणका लागी साविकको खरिबोट वडा न १ का सबै लागी परेका छन् । अहिले धारोको मुल आउने कान्लो समेत पहिरो गएपछि पानी खान समस्या भएको थियो । अहिलो मुल आउने स्थानमा समेत ढुङ्गाको गाह्रो लगाइएको छ ।
‘भुकम्पले केहि मात्रामा धारो भत्काएको थियो’ स्थानिय कालिका धितालले भने ‘अहिले भुकम्पले भत्काएको कान्लो समेत वाल लगाएका छौँ। अब पहिलो जस्तो माटो र ढुङ्गा नभई रङ, सिमेन्ट र वालुवा हाली पक्की धारो बनाउन लागेका छौ ।’ धारो निर्माण गर्न १ लाख ५० हजार अनुमान गरीएको निर्माण समितिकि अध्यक्ष धितालले बताइन।
धारो पुर्ननिर्माणका लागी सुन पोखरी महिला समुहले १ लाख रूपैया खर्च गर्ने भएको छ । बाँकी पैसा स्थानिय स्तरमा श्रमदानबाट वा चन्दाबाट संकलन गर्ने योजना रहेको निर्माण समुहले जनाएको छ ।
‘खानेपानीका लागी समस्या त छैन तर पनि पुर्खादेखि चल्दै आएको धारोमा क्षति भएपछि हामी पुर्न निर्माणमा लागेका हो’ स्थानिय चुडामणी ढकालले भने । यो मुलबाट खरिबोट र ठाँटस्वाराका केहि घरहरू समेत प्रयोगमा ल्याएका थिए ।
खरिबोटको साविकको १र९ वडाका लागी गाउँभन्दा केहि माथी भागमा रहेको खोलाबाट खानेपानी सञ्चालनममा छ । तर त्यो पानी तिनधाराको जति राम्रो नभएको स्थानियहरू गुनासो गर्दै आएका थिए ।
प्रतिक्रिया