+
Search

ताजा अपडेट +

पपुलर +

लियो क्लब गोरखाको अध्यक्षमा भट्टराई निर्बिरोध चयन

पालिका लाइभ
२०७५ चैत्र २३, शनिबार

गाेरखा- लियो क्लब अफ गोरखाको बर्ष २०१९/२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको सचिवालय भवन बिसौनी मोडमामा भएको साधारण बैठक एवं अधिबेशन कार्यक्रमबाट सस्थाको ३१औ अध्यक्षमा क्लबका प्रथम उपाध्यक्ष बिदुर बल्लभ भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

प्रथम उपाध्यक्षमा गगा श्रेष्ठ, दिर्तिय उपाध्यक्षमा सुमन बाबू श्रेष्ठ, तृर्तिय उपाध्यक्षमा बालकृष्ण परियार, सचिवमा सन्दिप खत्री, कोषाध्यक्षमा कर्ण बहादुर गुरुङ, सह-सचिवमा इमान जङ्ग बानियाँ, पब्लिक रिलेशन अफिसरमा अस्मिता खड्का, सचेतकमा बर्षा ढकाल, ब्याबस्थापकमा अस्मिता थापा मगर चयन भएका छन् ।

क्लबका निबर्तमान अध्यक्ष यम बहादुर बसेलको सभाप्तित्वमा भएको उक्त भेलाले थप विभागमा समेत प्रमुख ताेकेकाे छ । प्रमुख कार्यक्रम संयोजकमा अनुका आले मगर, स्वास्थ बिभाग, शिक्षा बिभाग संयोजकमा रमी पन्त बानियाँ, खेलकुद बिभाग संयोजकमा राजेन्द्र सुनार, सास्कृतिक एव मनोरञ्जन बिभाग संयोजकमा बिक्रम तामाङ, चयन गरेकाे क्लवले जनाएकाे छ ।

त्यस्तै कोष अभिबृद्दी संयोजकमा मोहन श्रेष्ठ, सदस्यता अभिबृदी संयोजकमा मिलन उपरकोटी, सन्चार संयोजकमा दिनेश नेपाली, मुल्यांकन संयोजकमा गगा श्रेष्ठलाई चयन गरेको क्लबका निबर्तमान अध्यक्ष यम बहादुर बसेलले जानकारी गराएका हुन ।

एक ब्यक्ती एक बर्ष एक पदको मान्यता अनुरुप हरेक बर्ष क्लबले नयाँ कार्यसमिती चयन गर्छ । चुनौति र अवसरको यस समयमा आफुलाइ थप जिम्मेवारी सहित नेतृत्व सम्हालेका भट्टराईले आगामी कार्यकाल सफल र सभ्य बनाउन सबै साथिहरुलाइ नयाँ जिम्मेवारी दिएको र सबैको साथ सहयोग बाट नै आउदो बर्ष सफल बन्नेमा आफू बिस्वस्त रहेको भट्टरार्इले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ