+
Search

ताजा अपडेट +

पपुलर +

नगरपालिका स्तरीय हस्तलेखन कार्यक्रम सम्पन्न, महालक्ष्मीकी अस्मिता बनिन बिजेता

पालिका लाइभ
२०७५ फाल्गुन ७, मंगलवार

गोरखा– गोरखा नगरपालिका भित्र रहेका मावि स्तरीय खुल्ला हस्तलिखित कार्यक्रमको फाइनल आज आयोजक क्लब लियो क्लबको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ । यस अघि क्लबले नगरभित्रका प्रत्येक स्कुल पुगेर हस्तलिखित कार्यक्रमको छनौट गरेको थियो । सोहि कार्यक्रम बाट प्रथम हुने एक प्रतियोगिलाई आजको फाइनल प्रतिस्पर्धामा सहभागी गराएको हो ।

सामाजिक कार्यमा बिशेष त शिक्षाको क्षेत्रमा सक्रियताका साथ कार्य गर्दै आएको क्लबले आफ्नो बार्षिक कार्ययोजना भित्र परेको र आज प्रजातन्त्र दिवसको पनि सु अवसर मिलेको हुनाले सोहि कार्यक्रम आज राखिएको क्लबका अध्यक्ष यम बहादुर बसेलले जानाकारी गराए ।

गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा अतिथि एव निर्णायक मण्डलको प्रमुखमा प्राध्यापक एव मानवाधिकारकर्मी यदु प्रसाद अधिकारि, निर्णायक शिक्षक कमल थापा र शिक्षिका लक्ष्मी श्रेष्ठले निर्बाहा गर्नु भएको थियो ।

सहभागी प्रत्येक प्रतियोगितालाई २५ मिनेटको समयमा नेपालि र अंग्रेजी भाषा लेखी सक्नु पर्ने थियो आयोजक सस्थाले उपलब्ध गराएको प्रश्नपत्र कपि र कलमको प्रयोगले तोकिएको समय अबधिमा भएको दुवै भाषाको लेखन लाइ मुल्यांकन गरि सोहि नतिजा बाट प्राप्त गरेको अंकको आधारमा प्रथम दिर्तीय तृतीय र सान्तवना गरि नतिजा छुट्याइएको निर्णायक अधिकारीले जानाकारी गराए ।

उक्त फाइनल प्रतियोगिताबाट सबै प्रतिस्पर्धीलाई पछि पार्दै गोनापा ९ महालक्ष्मी मावि लक्ष्मीबजारमा कक्षा १० मा अध्यनरत छात्रा अस्मिता राना मगर प्रथम बन्न सफल भइन भने सरस्वती मावि ८ आहालेकि कक्षा १० मा अद्यानारत छात्रा सुभेच्छा बस्नेत दिर्तीय, रत्न राज्य मावि ८ कि कक्षा १० मा अध्यनरत छात्रा रोशनी परिवारले प्राप्त गरिन भने शक्ति मावि पाटेचौर ६ मा अध्यनरत कक्षा ९ कि छात्रा अस्मिता गुरुङले सान्तवना हुन पुगिन । यस संगै प्रथम हुने अस्मिता लाइ नगद रु. ५ हजार सहित प्रमाण पत्र र मेडल पुरस्कार प्रदान गरियोको थियो, दिर्तिया हुने शुभेच्छा लाई नगद रु तिन हजार नगद सहिद प्रमाण पत्र र मेडल तेश्रो हुन् सफल रोशनी लाइ रु दुइ हजार नगर सहित प्रमाण पत्र र मेडल, सान्तवना हुने अस्मितालाई नगर रु एक हजार सहित प्रमाण पत्र प्रदान गरियको थियो भने बाकि सबै प्रतियोगी र प्रत्येक बिधायालय लाई प्रमाण पत्र उपलब्ध गराइएको क्लबका उपाध्क्ष्य एव कार्यक्रम संयोजक बिदुर बल्लभ भट्टराइले जानाकारी गराउनु भयो ।

त्रितिय रोशनी परियार लाई पुरस्कार हस्तान्तरण गर्दै क्लब अध्यक्ष यम बसेल लगायत् क्लबका साथीहरु

अझै रोचक कुरा त् के छ भने सबै प्रतियोगी छात्रामात्र उपस्थित छन् नि कतै छात्राहरुलाई मात्र गराएको हैन यो प्रतियोगिता भन्ने प्रश्नमा ” यो संयोग मिल्न गयो सायद पहिलो पटक नै हुन पर्छ यस्तो संयोग जहा महिला उर्फ छात्राको मात्र १००% विजय भएर यसरि कार्यक्रममा आज प्रतिस्पर्धा गर्न आउदै हुनुहुन्छ” भन्छन क्लबका सचिव बालकृष्ण परियार ।

कार्यक्रममा लियो सदस्य सम्बन्धित बिदयालयका शिक्षक शिक्षिका र बिद्यार्थीहरुको बाक्लो उपस्थितति थियो । आयोजक क्लबले बचेको बाकि समयलाई सदुपयोग गरि प्रत्येक प्रतियोगिलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको थियो जहा कसैले कथा गित कविता त प्रश्नको उत्तर दिने जस्ता कार्यक्रम गरि सोहि कार्यक्रमबाट पनि बिजयी हुने ३ जना प्रतियोगिलाई मायाको चिनो स्वरूप् पुरस्कार बितरण गराएको थियो ।
स्मरण रहोस लियो क्लब अफ गोरखाले स्थापनाको ३०औ बर्षको अवसरमा यहि ९ गते साझा बिबिध कार्यक्रम गरि स्थापना दिवस मनाउने तयारि गर्दै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ