+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जालबाट जुट्याे देउरालीमा एम्बुलेन्स, नेकपा प्रवत्ता श्रेष्ठले गरे हस्तान्तरण

पालिका लाइभ
२०७५ माघ १४, सोमबार

सुलिकाेट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विकास निर्माणमा राजनीति गर्न नहुनेमा जोड दिएका छन् । बारपाक-सुलिकोट गाउँपालिका वडा न ७ मा आयोजित एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

सरकार ५ वर्षको अवधिमा वृद्धा भत्ता बढार ५ हजार पुर्‍याउने योजनामा रहेको दाबी गर्दै उनले चुनावी घोषणा पत्रमा भने बमोजिमको काममा थाली सकेको बताए ।

हामी निर्वाचनका क्रममा तपाइसंग गरेको बाचा पुरा गर्ने योजनामा अगि बढिरहेको छौँ, उनले भने ‘सरकारको अबको काम भनेको स्वास्थ्य, शिक्षा, खानेपानी , विद्युत्, सडक बनाउने र रोजगारीको व्यवस्था गर्नु सरकारको प्रमुख चुनौती रहेको छ ।’

सामाजिक सञ्जालबाट एम्बुलेन्स

देउरालीका स्थानीय युवाहरूको पहलमा पन्द्रुङ्ग देउराली स्वास्थ्य चौकीलाइ एक कार्यक्रमका विच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेकपा नेता श्रेष्ठको उपस्थितिमा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट लगायतले एम्बुलेन्स हस्तान्तरण गरेको अभियन्ता सुलभ अंगाइले जानकारी दिए ।

साबिकको पन्द्रुङ्ग देउराली गाविसका युवाहरूले एम्बुलेन्स खरिद गर्न सामाजिक सञ्जाल मार्फत अभियान चलाएर रकम संकलन गरेका थिए। भदौ पहिलो साताबाट सञ्चालन गरिएको रकम संकलनको अभियानबाट हालसम्म १८ लाख रकम जम्मा भएको छ ।

गाउँमा एम्बुलेन्स आएपछि स्थानीय खुसी

भौगोलिक हिसाबले गोरखा सदरमुकामबाट केही टाढा भए पनि यस क्षेत्रका स्थानीहरू स्वास्थ्य उपचारका लागी गोरखा बजार नै आउनु पर्ने बाध्यता थियो ।

कच्ची सडक, उपयुक्त समयमा सवारी साधनको कमीका कारणले केयाै स्थानीयहरू समस्यामा परेपछि स्थानीय युवाहरूले यो अभियान सञ्चालन गरेका हुन् ।

अब स्वास्थ्य उपचारका लागी यस क्षेत्रका स्थानीयमा सहज पहुँच पुगेको अंगाइ बत्ताउँछन् । एम्बुलेन्स खरिदका लागि यस वर्ष ७ नम्बर वडा कार्यालयले ४ लाख विनियोजन गरेको वडा अध्यक्ष कुण्ण गुरुङले बताए ।

देउराली र आसपास क्षेत्रमा घर भई हाल देश विदेशमा रहेका युवाहरूको विशेष सहयोग र समन्वयमा रकम संकलन भएको हो ।

एम्बुलेन्स सञ्चालन गरेर वारपाक सुलिकोटको पन्द्रुङ्ग, ताकुकोट, ताकुमाझ लाकुरीबोट, स्वाँरा, सौरपानी मात्रै होइन आरुघाट गाउँपालिकाको आरुपोखरी, आरुअर्वाङ्ग, भीमसेन गाउँपालिकाका मसेल, बगुवा, तान्द्राङ्ग लगायतका क्षेत्रका बासिन्दालाई समेत सेवा दिने उनीहरूको योजना रहेको छ ।

‘हामीले एम्बुलेन्सको सेवा हाम्रो वडालाई मात्रै तार्गेट गरेका छैनौ, हाम्रै गाउँपालिकाका अन्य वडा, लगायत, आरुघाटदेखि भीमसेन थापा गाउँपालिकाका केही वडाहरूका बासिन्दालाई पनि यसबाट सेवा दिने हाम्रो तयारी छ’ वडा अध्यक्ष गुरुङले भने ‘गरिब, असहाय, ज्येष्ठ नागरिक लगायतलाई २५ प्रतिशत मात्रै शुल्क लिएर सेवा दिने गरी व्यवस्था पनि मिलाउँछौ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ