+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डाक्टर केसीलाई राति नै हेलिकप्टरबाट काठमाडौं ल्याइदै

पालिका लाइभ
२०७५ माघ ३, बिहीबार

काठमाडाैँ-आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनु पर्नेलगायतका माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई आज राति नै हेलिकप्टरमा काठमाडौं ल्याइने भएको छ। ९ दिनदेखि अनसनरत डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई राति नै काठमाडौं ल्याउन लागिएको हो।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेषज्ञ टोलीले डा. केसीलाई चाँडो भन्दा चाँडो काठमाडौं लैजान सुझाव दिएका थिए । ‘जाँच गर्ने उपकरण पनि सँगै लिएर गएका थियौं। उहाँको शरीरको जाँचबुझ गर्दा स्वास्थ्यसम्बन्धी धेरै समस्या देखिए,’ बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रशान्त साहलेसँग भने, ‘उहाँको हिजोको स्वास्थ्य अवस्थाबारे ९ बुँदा बनाएर बुझाएका छौं। के-के जटिलता आउन सक्छ भन्ने पत्र पनि अस्पताल र स्वास्थ्य मन्त्रालयलाई दिएका छौं।’

‘उहाँको सुगरको लेभल ५० मिलिग्राम प्रतिडेसीलिटरभन्दा पनि कम छ। सामान्य मान्छेको सुगर ५० भन्दा कम भयो भने बेहोस हुने र दिमागले काम गर्न छाड्ने समस्या हुन्छ,’ डाक्टर साहले भने,‘पटक-पटक अनसनमा बसेर होला उहाँ अहिले पनि बोल्दै हुनुहुन्छ। तर कुनै पनि बेला उहाँको होस हराउन सक्छ। श्वासप्रश्वासमा बाधा आउन सक्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ