+
Search

ताजा अपडेट +

पपुलर +

‘छक्का पन्जा ३ को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक

पालिका लाइभ
२०७५ श्रावण १६, बुधबार

काठमाडाैँ- ‘बर्ष ०७५ को बहु–प्रतिक्षित चलचित्र ‘छक्का पन्जा–३’को गीत सार्वजनिक भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

‘छक्का पन्जा’ नाम ब्राण्डलाई स्थापित गराउन सुरुवातदेखी नै गीतसंगीतको पनि महत्वपूर्ण भूमिका रहेको छ । दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को गीतमा दीपक शर्माको संगीत रहेको छ ।

विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । यस भन्दा अगाडीपनि ‘छक्का पन्जा’का सबै गीतहरु कविराजले नै गरेका थिए । गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिच्ने काम पुरुषोत्तम प्रधानले गरेका हुन् ।

दर्जन कलाकारलाई समावेश गरेको गीतमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङलाई गीतमा देख्न सकिन्छ । साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि यो गीतको भिडियोमा हेर्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ