+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाकाे मुख्य प्रबेशद्वारमा अवैध ‘हाेर्डिंग बोर्ड’

पालिका लाइभ
२०७५ श्रावण १२, शनिबार

गाेरखा- गोरखाकाे मुख्य बजार क्षेत्र तथा जिल्लाकाे मुख्य प्रबेशद्वारमा अवैधरूपमा राखिएका होर्डिंग बोर्ड बढ्दाे क्रममा रहेका छन् ।

जिल्लाकाे प्रबेशद्वारकाे आबुखैरेनी देखी गाेरखा बजारसम्म रहेका करिब ५० का हाराहराीमा स्थापित भएका होर्डिङ बोर्डका लागि नगरपालिकाले करकाे दायारामा ल्याउन नसकदा नगरपालिकाले लाखाैकाे राजश्व गुमाउनु परेकाे हाे ।

बिशेष गरी सिमेन्ट, कलेज, माेवाइल फाेन तथा अन्य विज्ञापनहरू देखाउने होर्डिङ बोर्डहरू सडकका दायाँ बायाँ राख्दा राज्यले करकाे दायरामा ल्याउन नसक्दा लाखाैकाे राजश्व (बिज्ञापन कर) गुमाउनु परकाे हाे ।

बिज्ञापन करबाट लाखाैकाे राजश्व उठाउन सकिन्थाे तर सम्बन्धित निकायहरबाट बिना अनुमति मस्याङदी नदि पुल देखि गाेरखा बजारसम्म यस्ता बिज्ञापन राखिएका छन् ।

अबुवा हुदै देरारली गाविस गाेरखा आबुखैरेनी-१२ किलाे गाेरखा सडक खण्डकाे २४ किलाेमिटर भित्रमा राखीएका हाेडिङ बाेर्डहरूले अनुमति प्राप्त गरेका छैनन्।

गाेरखा नगरपालीकाका कार्यकारी अधिकृत जिवन आलेका अनुसार अहिलेसम्म नगरपालिकाले करकाे दायरामा ल्याउन सकिरहेकाे छैन, अब चाडाै नै नगरपालिकाले करकाे दायरामा ल्याउने प्रयास गरीरहेका छाै ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका गोरखाकाे बिजुली पाेलहरूमा बिभिन्न कलेज तथा निजि कम्पनीका बिज्ञापनहरू राखीएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ