गोरखा– भूकम्पले भत्किएको घरमा बसिरहेका अपांग परिवारलाई घर बनाइदिने अभियानमा रहेका जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठको सपना पुरा हुने भएको छ । समाजिक कार्य गर्दै आएका श्रेष्ठको पहलमा करिब ९ लाख ६९ हजार ३८७ रूपैया रकम जम्मा भएपछि उनको अभियान पुरा हुने लागेको हो ।
धनबहादुर श्रेष्ठको परिवार कमजोर अवस्थाबाट गुज्रिरहेको थियो । भूकम्पले भत्किएको घरमा बसिरहेका उनीहरुलाई साँझ–बिहान के खाने भन्ने चिन्ताले पिरोलिरहन्छ। ज्याला मजदुरी गरेर गुजारा टार्दै आए पनि छोराछोरीको उचित रेखदेख, उपचार र बस्ने घरको व्यवस्था गर्न मुस्किल परेको धनबहादुर दम्पतीले अब बस्नका लागि भुकम्प प्रतिरोधी घरमा बस्न पाउने भएका छन् ।

जिल्लाको शहीद लगन गाउँपालिका वडा नम्बर ७ का मकैपुर कोर्थेक धन बहादुर श्रेष्ठ र पोष कुमारी श्रेष्ठ अपाङगता भएका परिवारको भबन निर्माणको लागी सहयोगार्थ उठेको एक मुस्ट रकम आज एक कार्यक्रम गरी उनकै घरमा गएर पत्रकार सम्मेलन गरी हस्तान्तरण गरेका छन्।
अपांगताका कारण ३० वर्षकी जेठी छोरी लीला, १९ वर्षकी शीला र १६ वर्षका छोरा राजीव श्रेष्ठ हिँडडुल गर्न र राम्रोसँग बोल्न सक्दैनन्। उनीहरुको सहयोगका लागि शहीद लखन गाउपालिका वडा नम्बर ७ का वडाध्यक्ष श्रेष्ठको पहलमा केही समयअघि जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर अपांगता भएका तीनै जनालाई नागरिकता दिएको थियो।
वडाअध्यक्ष श्रेष्ठका अनुसार अहिले घरको निर्माणका लागि जग खन्ने देखि निर्माण साम्रागी दुवानि गर्नेसम्मका काम भएको बताए । दक्षजनशक्तिको अभाव नभएको भन्दै श्रेष्ठले भने ‘हामीले स्थानिय स्तरमा साथीहरूलाई ठेक्का दिएका छौँ, घर निर्माणका लागि दक्ष जनशक्ति अभाव नरहेको उनले सुनाए ।

करिव १५ लाख लागतमा बन्ने भनिएको घर जेठको पहिलो हप्ता भित्रमा धनबहादुर दम्पतिलाई हस्तान्तरण गर्ने अभियानमा श्रेष्ठ छन् । शहिद लखन गाउँपालिका वडा न ८ का बिष्णु श्रेष्ठ र अमृत श्रेष्ठको पहलमा समेत मकाउमा रहेको युवाहरको सहयोगमा ३ लाख भन्दा बढि रकम जम्मा भएको उनले बताए ।
आज धनबहादुरको घरमा गएर बिष्णुले ति परिवारलाई रकम हस्तान्तरण गरेका हुन् ।
काठमाडौँमा व्यापार ब्यासाय गर्दै आएका नबराज अंगाई, उत्ताकुमार श्रेष्ठ, गोकुल खड्का लगायतको पहलमा यो अभियान सार्थक भएको उनले सुनाए । ति परिवारले अपांगमैत्री घर पाएपछि उनीहरूको नाममा अक्षयकोष खोल्ने वडाअध्यक्षको योजना समेत रहेको छ ।
प्रतिक्रिया