+
Search

ताजा अपडेट +

पपुलर +

‘जिल्लामा खानेपानी समस्या समाधानका लागि दलहरूको सहकार्य आवश्यक’

पालिका लाइभ
२०७२ चैत्र ६, शनिबार

गोरखा– जिल्ला सदरमुकाममा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि राजनीतिक दलहरूले सहयोग गरे कर्मचारी प्रशासनले पुरापुर सहयोग गर्ने खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामचन्द्र देवकोटाले प्रतिबद्धता जनाए ।

सदरमुकाममा खानेपानीको दीर्घकालीन समाधानका लागि दरौदी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनका लागि भन्दै आज सदरमुकाममा गोरखा नगरपालिकाको आयोजना गरेको अन्तरक्रियामा बोल्दै देवकोटाले भने- ‘दलले सहयोग गरे व्युरोक्रेसी यसबाट पछि हट्दैन ।’

‘कार्यक्रममा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका डिभिजन प्रमुख नारायण प्रसाद आचार्यले जिल्लामा खानेपानीको वर्तमान अवस्था र नव निर्माण गर्न लागिएको दरौंदी लिफ्टीङ खानेपानी आयोजनाको अपरिहार्यताको विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै, पृथ्वी नारायण साना सहरी खानेपानी आयोजनाका पूर्व अध्यक्ष बद्रीबहादुर मास्केले गोरखा बजारमा दरौंदी नदीबाट पानी ल्याई खानेपानीको वितरण सन्दर्भमा एक अवधारणा पत्र पेस गरेका थिए ।

गोरखा सदरमुकाममा खानेपानी समस्या समाधानका लागि विकल्प ठानिएको दरौदी लिफ्टिङ खानेपानी आयोजना सम्पन्न गर्नका लागि २४ करोड ८ लाख लागत लाग्ने अनुमान गरिएको आयोजनाबाट ३२ हजार घरधुरी लाभावन्तीत हुने कार्यक्रममा जानकारी दिइएको छ ।

खानेपानीको लागि न्यूनतम महसुल भने प्रति धारा ८ सय लाग्ने पनि बत्ताइएको छ । जिल्लामा क्रियाशील विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न खानेपानी आयोजनाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमले दरौंदी लिफ्टिङ खानेपानी आयोजना निर्माण गर्नको लागी तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ