+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई बाबुरामको आग्रहः ज्येष्ठ नागरिकको उपचारमा छुट्टै व्यवस्था गरौं

पालिका लाइभ
२०८१ मंसिर ८, शनिबार

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्येष्ठ नागरिकका लागि छुट्टै उपचारको व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत छुट्टै ज्येष्ठ नागरिक अस्पताल तथा त्यो नभएसम्म सबै अस्पतालहरूमा छुट्टै वार्डहरूको व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिबार आफ्नो बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको तस्वीर सार्वजनिक गरेका थिए । ओलीका अनुसार उनका बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य अवस्था सामान्य छ ।

भट्टराईले ओलीका बुवाको स्वास्थ्यलाभको कामना गर्दै आफ्ना ९५ वर्षीय बुवालाई पनि आजै वीर अस्पताल भर्ना गरेको उल्लेख गरेका छन् ।

‘हामी नेपालीहरूको पनि औसत आयु क्रमशः बढ्दै गएको र ज्येष्ठ नागरिकहरूको संख्या स्वत: बढ्दै जाने अवस्थामा छुट्टै ज्येष्ठ नागरिक अस्पताल अथवा त्यो नभएसम्म सबै अस्पतालहरूमा छुट्टै वार्डको व्यवस्था गरौं न’ प्रधानमन्त्री ओलीलाई भट्टराईको प्रस्ताव छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ