+
Search

ताजा अपडेट +

पपुलर +

ओली र विद्याको प्रतिगमनकारी हर्कतविरुद्ध लड्न ढिला नगरौँ : बाबुराम भट्टराई

पालिका लाइभ
२०७७ पुष ८, बुधबार

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनकारी हर्कतविरुद्ध लड्न ढिला गर्नु नहुने बताएका छन्।

बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले ओली-विद्याको प्रतिगमनकारी हर्कतविरुद्ध लड्न ढिला गर्नु आत्मघाती हुने बताएका हुन्।

‘संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘ओली- भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ। संविधानका मूलमर्म आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ। नत्र न रहे बॉस न बजे बॉसुरी हुनेछ। सबैलाई चेतना भया!’

जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेशन आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै जसपाले ओलीको कदमविरुद्ध आन्दोलनमा जान सबै शक्तिलाई आग्रह गदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ