+
Search

ताजा अपडेट +

पपुलर +

पक्राउ पुर्जी जारी भएसँगै छवि र शिल्पा भूमिगत, कहाँ छन्?

पालिका लाइभ
२०७६ श्रावण १०, शुक्रबार

काठमाडौं- बहुविवाह प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि चलचित्र निर्माता छविराज ओझा र उनकी श्रीमती अभिनेत्री शिल्पा पोखरेल भूमिगत भएका छन्।

यी दुईलाई पक्राउ गर्न प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ। यतिबेला निर्माता छविराज काठमाडौंमै छन्। अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन्।

बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकन स्थलबाट अभिनेत्री शिल्पा पनि भूमिगत भएकी छिन्।

निर्माता छविराजकी जेठी श्रीमती हेमा पोखरेलले छविराज र शिल्पाविरुद्ध गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिएपछि गौशालाले यो मुद्दा महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटीलाई सुम्पिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ