+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटार जग्गा विवादमा मुछिएपछि बाबुराम भट्टराईले भने- नखाएको विष लाग्दैन

पालिका लाइभ
२०७६ बैशाख १६, सोमबार

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारभित्रको जग्गा व्यक्तिका नाममा भएको किनबेचमा मुछिएपछि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराइले आफू संलग्न नभएको संकेत गर्दै सो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमा उनले सो विवादमा नमुछिएको दाबी गरेका छन्।

‘जग्गासम्वन्धी विषयमा मेरो मन्त्रीमण्डलले समेत गलत निर्णय गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्, ‘यसबारे गम्भीरतपूर्वक छानबिन होस्। सत्यतथ्य बाहिर आओस् र जसले गरेको भएपनि गलत गर्नेलाई कार्बाही होस्।’

उनले सो विषयमा छानबिन गरेपनि आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘नखाएको विष लाग्दैन भन्नेमा ढुक्क छु!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ