गोरखा – तनहुँको आबुखैरेनीबाट गोरखाको शेरा आउँदै गरेको बस गाेरखा नगरपालिका-१३ पाँच किलोमा ठोक्किकाे छ । बस र ट्रक ठोक्किदा बसका चालकसहित १८ घाइते भएका छन् ति मध्ये २ को अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
शेरा अाँउदै गरेकाे ना ७ ख २०७० नम्बरको बस र गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना ५ ख ५८११ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।
घाइतेहरूमा पालुङटारका सुमित्रा नहरकाेटी, भाेजराज बराल, मिलन सेढार्इ, सिता पाैडेल, मनबहादुर नेपाली, केदार लामा र बस चालक बाबुराम नेपाली गम्भिर घाइते एका छन् । घाइतेहरुको तनहुँको आबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले बताए ।
दुबै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया