+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकले ४०.६० प्रतिशतले बढायो नाफा, ४ अर्ब १ करोड कमाउँदा लाभांश क्षमता कति?

पालिका लाइभ
२०८३ श्रावण १९, मंगलवार

काठमाडौं– एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ।

बैंकले समीक्षा अवधिमा ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६० प्रतिशत वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी पनि सन्तोषजनक रूपमा बढेको छ। गत असार मसान्तसम्म बैंकले ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँको तुलनामा १७.५२ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख ६७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख १८ हजार रुपैयाँ तथा सञ्चालन नाफा ४ अर्ब ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ पुगेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता ९.०८ प्रतिशत रहेको देखिन्छ।

हाल २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९० करोड १७ लाख ३४ हजार रुपैयाँ सञ्चित रहेको छ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक वृद्धि हासिल गरेको छ। गत असारसम्म बैंकको निक्षेप संकलन १२.१७ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.३३ प्रतिशतले वृद्धि भई २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा अनुपात ८२.७७ प्रतिशत रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्ष १४.८० रुपैयाँ रहेको ईपीएस बढेर २०.१८ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात ११.८५ गुणा र प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ रहेको छ।

यद्यपि, बैंकको खराब कर्जा भने केही बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ४.९१ प्रतिशत पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ