काठमाडौं– नेपाली भूमि लिपुलेकवाट भारत र चीनले व्यापारिक गतिविधि सुरुवात गरेका छन् । गत १ अगस्तवाट नेपाली भूमिबाट लिपुलेकवाट छिमेकी मुलुकहरू भारत र चीनले व्यापारिक गतिविधि सुरु गरेका हुन् ।
भारतीय तिब्बत व्यापार संघकी अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा पहिलो पटक भारतीय व्यापारिक टोली तक्लाकोट मन्डी, तिब्बत पुगेका छन्, जहाँ आवश्यक व्यापारिक काम उनीहरूले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय मिडियाका अनुसार २० पञ्जीकृत व्यापारी र ४ भरियासहित २० जनाको पहिलो भारतीय व्यापारिक टोली चीनको स्वशासित क्षेत्र तक्लाकोट पुगेका थिए । उनीहरू सो दिन तक्लाकाेटमा रात बिताएर भोलीपल्ट मात्रै भारत फर्केका थिए ।
यो पटक ताक्लाकोटमा परम्परागत व्यापार गरिरहेका भारतीयलाई मात्रै चीनले पहिलो पटक व्यापारको अनुमति दिइएको थियो । तर, भारतवाट भने कुनै व्यापारिक समान भने चीन स्वशासित क्षेत्र तिब्बतमा लगेका थिएनन् । उनीहरूले तिब्बतबाट के समान ल्याएका थिए, सो बारेमा भने कुनै जानकारी दिएका छैनन् ।
भारतीय मिडियाका अनुसार धार्चुला उपजिल्ला अधिकारी शिष जोशीले बताए अनुसार गुञ्जी नाका रहेको अध्यागमन विभागमा सबै पक्रिया पुरा गरेर भारतीय व्यापारीको पहिलो टोली चीन प्रशासित तिब्बत भूमिमा पुगेका हुन । ३१ जुलाईमा भारतको अध्यागमन विभाग, गुञ्जीमा आवश्यक पक्रिया पुरा गरे पछि १ अगस्तमा पहिलो भारतीय व्यापारिक टोली चीन, तिब्बत प्रवेश गरेको उनले जानकारी दिए ।
र, अर्को व्यापारिक टोली कहिले जानेछ ? भन्ने बारेमा अझै जानकारी दिइएको छैन। भारतीय सीमा अधिकृतका अनुसार अर्को टोलीका चीन प्रवेश गर्ने बारेमा चिनियाँ अध्यागमनका अधिकृतहरूसँग कुराकानी र समन्वय भइरहेको उनले जानकारी दिए ।
तर, यसबारेमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सरकारले सो भूमि नेपालको भएको भन्दै भारत र चीनलाई ‘कूटनीतिक नोट’ पठाएको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिए पनि भारत र चीनले भने नेपालको सो दाबी अस्वीकार गर्दै नेपाल भूमि, लिपुलेकवाट पहिलो पटक व्यापारिक गतिविधि बढाएको हो ।
प्रतिक्रिया