+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा अवरोध गरेर बजेट र मबारे संगठित अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

पालिका लाइभ
२०८३ जेष्ठ २७, बुधबार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि छलफल हुनुपर्ने प्रतिनिधि सभा अवरोध गरेर आफू र बजेटबारे संगठित रूपमा अफवाह फैलाइएको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बजेट सम्बन्धी छलफलका क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले आफूलाई बदनाम गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रम र अफवाह फैलाइएको बताएका हुन् ।

‘बजेटमाथि छलफल हुनुपर्ने प्रतिनिधि सभा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइयो,’ अर्थमन्त्रीले भने, ‘त्यसको जवाफ दिन र वास्तविकता स्पष्ट पार्न म संसदीय समितिमा उपस्थित भएको हुँ।’

उनले बजेटबारे उठाइएका विभिन्न प्रश्न र आरोपको तथ्यगत जवाफ दिन आफू तयार रहेको समेत बताए। बजेटका विषयमा भ्रम सिर्जना गरेर जनतामाझ गलत सन्देश प्रवाह गर्ने प्रयास भएको उनको भनाइ थियो।

अर्थ समितिको बैठक जारी रहेको छ भने अर्थमन्त्री वाग्लेले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा राखिरहेका छन्। समितिमा सांसदहरूले बजेटका प्राथमिकता, कार्यान्वयन र स्रोत व्यवस्थापनका विषयमा प्रश्न उठाइरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ