काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन समय मागेका छन्।
आइतबार बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले हात उठाएर समय मागेपछि सभामुख अर्यालले केही समय बैठक रोकेर उनलाई बोल्ने अवसर दिएका थिए।
रोष्ट्रममा उभिएर प्रधानमन्त्री शाहले भने, ‘सम्माननीय सभामुखज्यू, माननीय सदस्यहरूले प्रश्न सोध्न धेरै दिनदेखि समय माग्नुभएको रहेछ। त्यसका निम्ति समय दिन अनुरोध गर्न चाहन्छु।’
त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरूले पटक–पटक प्रधानमन्त्रीसँग प्रश्न सोध्न समय माग्दै आएको उल्लेख गर्दै प्रत्येक दललाई दुई मिनेटका दरले समय उपलब्ध गराउने बताएका थिए।
प्रधानमन्त्री शाहले आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन्। यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै बैठक अवरुद्ध गर्दै आएका थिए।
प्रधानमन्त्री शाह आइतबार आकस्मिक रूपमा संसद् बैठकमा उपस्थित भएका हुन्।
प्रतिक्रिया