काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक तर्फका ४ उम्मेदवार टुंगो लगाएको छ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले क्लष्टर मिलाएर नाम सिफारिस गरेको हो।
जसमा खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषमा ताहिर अली छन्।
यस्तै, खस आर्य महिलामा खुश्वु ओली र जनजाती महिलामा सरस्वती लामाको नाम निर्वाचन आयोगमा पठाएको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा राप्रपाले प्रत्यक्षमा जुम्लामा जित निकालेको थियो। देशैभर समानुपातिकतर्फ राप्रपाले ३ लाख ३० हजार ६८४ मत पाएको थियो।
राप्रपाले पाएको यो मतका आधामा निर्वाचन आयोग ४ सिट पाउने निर्णय गरेको थियो।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले समानुपातिक बन्द सुचीमा रहेका देहायका उमेदवारहरूलाई पार्टीले प्राप्त गरेको चार सिटका लागि प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया