+
Search

ताजा अपडेट +

पपुलर +

धर्मराजलाई बधाई दिँदै पृथ्वीसुब्बाले भने- हार र जित चुनावी प्रक्रिया मात्र हो

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य लमजुङका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ हार र जित चुनावी प्रक्रिया मात्र भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसीसँग भारी मतले पराजित भएका गुरुङले लोकतन्त्रमा जनताको अभिमत नै सर्वोपरि हुने भएकाले जनमतलाई शिरोधार्य गर्ने बताए।

रास्वपाका उम्मेदवार केसीलाई बधाई दिँदै उनले भनेका छन्, ‘हार र जित एउटा चुनावी प्रक्रिया मात्र हो, तर जनतासँगको मेरो सम्बन्ध कहिल्यै टुट्ने छैन। म पदमा रहँदा होस् या नरहँदा, लमजुङको विकास र यहाँका नागरिकको सुख–दुःखमा मेरो उपस्थिति रहनेछ। लमजुङे जनताको सेवक भएर काम गर्ने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ।’

उनले आगामी दिनमा पनि सँगै रहेर सुन्दर लमजुङको उन्नतिका लागि काम गर्ने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ