+
Search

ताजा अपडेट +

पपुलर +

एमाले उपाध्यक्ष विष्टलाई हराउँदै गुल्मी २ बाट रास्वपाका पन्थी विजयी

पालिका लाइभ
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं- गुल्मी-२ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट पराजित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थीसँग ५६१ मतले हारेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याएका हुन्।

कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएर तेस्रो भए।

गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्।

यससँगै गुल्मी–२ बाट रास्वपाले प्रतिनिधिसभामा महत्वपूर्ण सफलता हासिल गरेको छ।

निर्वाचन आयोगले आधिकारिक परिणाम सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ