+
Search

ताजा अपडेट +

पपुलर +

एकल बहुमत ल्याउने उद्देश्य

नेता तथा कार्यकर्तालाई ओलीको निर्देशनः जुधाइ पुगेको छैन, विपक्षी र विरोधीसँग जुध्नुस्

पालिका लाइभ
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिक निर्वाचन प्रणालीमा कुनै दलको पनि बहुमत नआउने भए पनि एमालेका लागि त्यो सम्भव रहेको बताएका छन् ।

सोमबार काठमाडाैंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले २०८४ मा एकल बहुमत ल्याउने उद्देश्यले काम गरिरहेको बताएका हुन् ।

उनले समानुपातिक निर्वाचनलाई ‘हङ्ग पार्लियामेन्ट’ प्रणालीको संज्ञा दिए ।

उक्त प्रणाली नेपालले चुनिसकेकाले अहिले त्यो यथावत नै राखेर एमालेले बहुमत ल्याउने ओलीको दाबी छ । ‘हामीले मिसन २०८४ को उद्देश्य लिएका छौँ । एकल बहुमत ल्याउने उद्देश्य लिएका छौँ । यो असम्भव छैन । यो विकल्कूल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने, नसक्ने खालको प्रणाली हामीकहाँ छ । तर, हामीले धेरै भोट र धेरै सिट ल्यायौं भने कसैले बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ, ल्याउन सकिन्छ । समानुपातिक प्रणाली साधारणतया हङ्ग पार्लियामेन्टको प्रणाली हो । यसले कसैको बहुमत आउँदैन । तर, हामी साधारणतया मात्रै होइन, प्रणाली हामीले चुनिसकेका छौँ । अहिले यो प्रणाली नै कायम रहन्छ । यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्ने छ । यो चुनौतीपूर्ण छ । तर, पनि यो काम एमालेका लागि सम्भव छ । मिसन ०८४ एमालेको एकल बहुमत ल्याउने गरीको तयारी, यसमा हामी जुटिरहेका छौँ,’ उनले भने ।

प्रधानमन्त्रीले एमालेको विरुद्धमा उभिनेहरूसँग जुध्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले शिथिल नहुन, विपक्षी र विरोधीहरूसँग जुध्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘हाम्रा विरोधीहरू, देशको भलो नचिताउने, शान्ति सुव्यवस्था नचिताउने, सुशासन नचिताउने र विकासको गतिलाई तीव्र ढंगबाट अगाडि बढाउने कुरामा लाग्न नचाहने तत्त्वहरूले हाम्रा विरुद्धमा आधुनिक विज्ञान र प्रविधिले सिर्जना गरेका अस्त्रहरूको प्रयोग गरेर हाम्रा विरुद्ध आउने कोसिस गरिरहेका छन् । त्यसलाई हामीले बुझेका छौँ, बुझ्नुपर्छ । त्यसका विरुद्धमा जुध्न पनि पर्छ । जुधाइमा कम भएको छ । यदि हाम्रो जुधाइ, हामीले काम राम्रोसँग गरेका छौँ । विपक्षीहरूसँग, विरोधीहरूसँगको जुधाई र उनीहरूको झूटा लाञ्छनासँगको जुधाई पर्याप्त छैन । त्यस कारण जनतामा शिथिलता पैदा भएको छ । किनकि हामी आफैँ शिथिल छौँ । कसरी अरूलाई उत्साह पैदा गर्न सक्नु ? हामी शिथिल नभई उत्साहित ढंगले अगाडि बढ्न जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ