+
Search

ताजा अपडेट +

पपुलर +

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

पालिका लाइभ
२०८२ फाल्गुन ३०, शनिबार

काठमाडौं– अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।

अमेरिकाको विदेश विभागले जारी गरेको सूचनामा त्यस्ता नेता १० जना रहेको उल्लेख गरिएको छ तर ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको छ।

जसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि छन्। अली लारिजानीलाई यसअघि इरानमा सरकार समर्थक र्‍यालीमा देखिएको थियो। अमेरिकाको दाबीअनुसार उनीहरूले आईआरजीसीका सैन्य एकाइका विभिन्न भागको नेतृत्व र सञ्चालन गर्छन्।

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्।

त्यसयता युद्ध जारी छ भने यो द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। इरानले इजरायल तथा अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्रमार्फत हमला गरिरहेको छ।

यस क्रममा अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उता अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ