काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कुनै पनि क्षेत्रमा चुनावी तालमेल नगर्ने बताएका छन्।
उपसभापति शर्माले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा गुपचुपरुपमा तालमेल गर्ने आशंका नगर्न आग्रह गरे।
शीर्ष नेतालाई जिताउन तालमेको संकेत छ नि भनेर सोधिएको प्रश्नमा शर्माले भने, ‘स्मार्ट अलायन्स अप्रमाणित कुरा हो। बदलिएको कांग्रेसले गर्नुपर्ने काम हाकाहाकी गर्छ। गुपचुप तालमेल गर्ने आशंका कसैले पनि नगरौं।‘
उनले कांग्रेस फागुन २१ गतेको निर्वाचनबाट पनि सबैभन्दा ठूलो दल बन्ने दाबी गरे। ‘कांग्रेस फेरि सबैभन्दा ठूलो दल बनेर आउँदैछ। प्रत्यक्ष र समानुपातिक दुबैमा राम्रो मत आउनेमा हामी विश्वस्त छौं,’ शर्माले भने।
प्रतिक्रिया