+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकले सार्वजनिक गर्‍यो दुई नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू

पालिका लाइभ
२०८२ माघ १४, बुधबार

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक गरेको छ।

बैंकले ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको जनाएको छ। यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ।

नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन्। विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने बैंकले बताएको छ।

उक्त कार्डमार्फत ग्राहकले नेपालभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क नगद झिक्न सक्नेछन्। त्यस्तै, भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइने बैंकले जानकारी दिएको छ।

बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ। यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्ने बैंक विश्वस्त व्यक्त गरेको छ।

यी नयाँ कार्डबारे थप जानकारी लिन वा सेवा लिन नजिकैको एनएमबिको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ