+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्यमन्त्री भन्छिन्- स्वास्थ्य बीमा कार्यक्रमले निरन्तरता पाउँछ

पालिका लाइभ
२०८२ माघ १२, सोमबार

तनहुँ– स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् ।

आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा कार्यक्रम प्रभावित हुन सक्ने सूचनामा सत्यता नभएको दाबी गर्दै मन्त्री गौतमले बाहिर आएको जस्तो समस्या नरहेको दाबी गरिन् ।

जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको अनुगमन र अवलोकनका लागि आएकी मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा देखिएको बेथितिलाई हटाउने र आवश्यक आर्थिक स्रोत पहिचान गर्ने काम भइरहेकाले समस्या समाधान हुने विश्वास व्यक्त गरिन् ।

उनले स्वास्थ कर बापतको रकम सरकारले स्वास्थ्य बीमा सञ्चालन गर्न सहयोग गरे मात्र पनि समस्या समाधान हुने भन्दै आर्थिक संकटको अवस्था भने रहेको स्वीकार गरिन् ।

मन्त्री गौतमले यस अस्पतालको स्तरोन्नतिमा सरकार गम्भीर भएर लागेको बताइन् ।

सरकारबाट आर्थिक स्रोत सहित प्राप्त गर्न सकिने उपचारमूलक कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ