+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक:

संसदमा गृहमन्त्रीलाई रास्वपाको प्रश्न- जीबी राईलाई कहाँ लुकाइएको छ ?

अनु आचार्य
अनु आचार्य
२०८२ श्रावण २८, बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीका मुख्य आरोपित जीबी राई किन पक्राउ नपरेको भन्दै सरकारलाई प्रश्न गरेको छ ।

आज (बुधबार) प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन् ।

‘जीबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? जीबी राई घरभित्र छन् कि सत्ताको ओढारभित्र ?’

सांसद चौधरीले गिरिबन्धु टी–स्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन् ।

‘गिरिबन्धु टी–स्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुग्यो ?’

प्रतिक्रिया

लेखकको बारेमा

अनु आचार्य