काठमाडौं– कोशी प्रदेश सचिव कोषहरि निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाइएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई टिमुरे खटाउने निर्णय गरेको हो ।
उनले शनिवार मात्रै फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव लेखेका थिए । कोभिडको समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी रहेको र त्यो बेला शव व्यवस्थापनबारे काम गरेको भन्दै फेसबुकमा अनुभव लेखेका थिए ।
सोही क्रममा उनले शव गाड्नु उपयुक्त नहुने विचार राखेका थिए ।
आफ्नो धर्म, परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने तर्क राख्दै निरौलाले शव गाड्न नहुने विचार राखेकै भोलिपल्ट काजमा सरुवा गर्ने निर्णय गरिएको हो ।
निरौलाले उक्त स्ट्याटस हाल हटाएका छन् ।

प्रतिक्रिया