काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढी प्रभावितको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम उपलब्ध गराएको जनाएको छ।
बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको उल्लेख छ।
बैंकले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरेको जनाएको छ।
प्रतिक्रिया