+
Search

ताजा अपडेट +

पपुलर +

परिवारले अन्तिम बिदाइ गर्न पाउने अधिकार सुरक्षित गर्न सरकार संवेदनशील छ : कानूनमन्त्री गौतम

फाइल तस्बिर
पालिका लाइभ
२०८३ भाद्र १५, सोमबार

काठमाडौं– कानूनमन्त्री सोविता गौतमले कठिन परिस्थितिमा पनि राज्यका उपलब्ध सबै संयन्त्र परिचालन गरेर खोज, उद्धार, राहत र शव संकलनको काम भइरहेको बताएकी छन्।

भेटिएर पनि पहिचान भएका शवहरू गाडिएका सवालमा सही सूचना प्रवाह गर्न आग्रह गरेकी छन्। अनुहार हेरेर शव पहिचान गर्न कठिन हुँदै गएको उनको भनाइ छ।

उनले भनेकी छन्, ‘दाहसंस्कार अन्तिम र अपरिवर्तनीय हुन्छ। आज पहिचान हुन नसकेको व्यक्ति भोलि डीएनए वा अन्य वैज्ञानिक प्रमाणबाट पहिचान हुन सक्छ। तर हतारमा दाहसंस्कार गरियो भने भविष्यमा शव पुनः प्राप्त गरेर आवश्यक परीक्षण गर्ने र परिवारलाई आफ्नो प्रियजन हस्तान्तरण गर्ने सम्भावना समाप्त हुन सक्छ। त्यसैले नै सरकाले पहिचान नभएका शवको सामूहिक दाहसंस्कार गर्ने निर्णय गरेको छैन ।’

विज्ञानको सहायताले व्यक्तिको पहिचान जोगाउँदै भोलि परिवारले आफ्नो धर्म र संस्कारअनुसार अन्तिम बिदाइ गर्न पाउने अधिकार कसरी सुरक्षित गर्ने भन्नेमा सरकार संवेदनशील रहेको बताएकी छन्। उनले सरकारले संवेदनशील समयमा वैज्ञानिक र व्यवस्थित ढङ्गले शव व्यवस्थापन मात्रै गरिएको बताएकी छन्।

उनको भनाइ जस्ताको तस्तै,

शवहरू गाडिएका सवालमा सही सूचना प्रवाह गर्न आग्रह छ ।

रसुवाको विनाशकारी बाढीपछि हामी ठूलो मानवीय क्षतिको सामना गरिरहेका छौँ। ठूलो सङ्ख्यामा नागरिक अझै बेपत्ता छन्, धेरैले ज्यान गुमाएका छन् र खोज तथा उद्धार कार्य निरन्तर चलिरहेको छ। कठिन भूगोल, अस्थिर जमिन, बाक्लो लेदो र गेग्रान, अवरुद्ध बाटो तथा प्रतिकूल मौसमका कारण कतिपय स्थानमा हेलिकप्टरसमेत अवतरण गर्न सक्ने अवस्था छैन। यस्तो कठिन परिस्थितिमा पनि राज्यका उपलब्ध सबै संयन्त्र परिचालन गरेर खोज, उद्धार, राहत र शव संकलनको काम भइरहेको छ ।

बाढीले शवहरूलाई धेरै टाढासम्म बगाएको छ। तीन चार दिनसम्म पानी र लेदोमा रहेका कतिपय शवको स्वरूप फुलेको र कुहिन थालेको अवस्थामा छन्। अनुहार हेरेर पहिचान गर्न कठिन हुँदै गएको छ, शरीरको तौल र अवस्था परिवर्तन भएका कारण उठाउन, सार्न र सुरक्षित रूपमा राख्नसमेत अत्यन्त कठिन भइरहेको छ।

DNA वा biometric बाट पहिचान गरेर परिवारको जिम्मा नलगाउँदा सम्म सबै शवलाई freezer मा राखियोस् भन्ने अपेक्षा गलत हैन ।
तर mass casualty मा ठूलो सङ्ख्याका शवका लागि निजी अस्पतालसम्मका refrigerated space एकैपटक उपलब्ध गराउँदा पनि थेग्न नसकिने स्थिति भयो।

Refrigeration भनेको शवलाई कुनै freezer भित्र राखिदिनु मात्र होइन। पर्याप्त ठाउँ, उपयुक्त तापक्रम, निरन्तर विद्युत् आपूर्ति, backup power, सुरक्षित transportation, monitoring र व्यवस्थापन निरन्तर सुनिश्चित हुनुपर्छ। अहिले सडक, विद्युत् र अन्य पूर्वाधारसमेत प्रभावित भएको विपद्को अवस्थामा निरन्तर power supply कुनै बेला हाम्रो नियन्त्रणभन्दा बाहिर पनि जान सक्छ। शव गलेको वा सग्लो नभएको अवस्थामा औँठाछापका रेखा बिग्रिने भएकाले बायोमेट्रिक पहिचान सम्भव देखिँदैन। समय बितिरहेको छ, शवहरू झन्झन गल्दै छन् ।
त्यसैले विश्व स्वास्थ्य सङ्गठन (WHO) लगायतका अन्तर्राष्ट्रिय disaster-management guidance अनुसार mass casualty भएको अवस्थामा प्रत्येक शवको पहिचानसम्बन्धी प्रमाण सुरक्षित गरेर traceable temporary burial गर्ने विधि अपनाउने निर्णय गरिएको हो।
यसो गर्नु अन्तिम संस्कार गरेको होइन । यो शवको पहिचान सुरक्षित राख्ने अस्थायी उपाय हो।

प्रत्येक शवलाई छुट्टै Unique Identification Code दिइन्छ। कहाँ र कहिले भेटियो, फोटो, कपडा, गहना, व्यक्तिगत सामग्री, उपलब्ध fingerprint/biometric विवरण तथा आवश्यक forensic/DNA sample सुरक्षित गरिन्छ। कुन code भएको शव कहाँ राखिएको छ भन्ने location र register कायम गरिन्छ।

भोलि DNA, fingerprint, biometric, dental/medical information वा अन्य प्रमाणबाट पहिचान भएपछि आवश्यक परे शव पुनः निकाल्न सकिन्छ, परिवारलाई हस्तान्तरण गर्न सकिन्छ र परिवारले आफ्नो धर्म, संस्कार र परम्पराअनुसार अन्तिम संस्कार गर्न सक्छ। धार्मिक तथा सांस्कृतिक संवेदनाप्रति पनि सरकार पूर्ण रूपमा सचेत छ।

दाहसंस्कार अन्तिम र अपरिवर्तनीय हुन्छ। आज पहिचान हुन नसकेको व्यक्ति भोलि डीएनए वा अन्य वैज्ञानिक प्रमाणबाट पहिचान हुन सक्छ। तर हतारमा दाहसंस्कार गरियो भने भविष्यमा शव पुनः प्राप्त गरेर आवश्यक परीक्षण गर्ने र परिवारलाई आफ्नो प्रियजन हस्तान्तरण गर्ने सम्भावना समाप्त हुन सक्छ। त्यसैले नै सरकाले पहिचान नभएका शवको सामूहिक दाहसंस्कार गर्ने निर्णय गरेको छैन ।
विज्ञानको सहायताले व्यक्तिको पहिचान जोगाउँदै, भोलि परिवारले आफ्नो धर्म र संस्कारअनुसार अन्तिम बिदाइ गर्न पाउने अधिकार कसरी सुरक्षित गर्ने भन्नेमा सरकार संवेदनशील छ ।

ठूलो सङ्ख्यामा शव लामो समयसम्म पानी, हिलो वा खुला वातावरणमा रहिरहे खानेपानी र वरपरको वातावरण दूषित हुने, दुर्गन्ध फैलिने र बाढीपछि पहिले नै उच्च रहेको स्थानहरूमा रोग/ महामारी फैलिने जोखिम हुन सक्छ।
यस अत्यन्त संवेदनशील समयमा कृपया वैज्ञानिक र व्यवस्थित शव व्यवस्थापनको काममा सबैले मदत गरिदिनुहोला । यस्तो गम्भीर समयमा अफवाह हैन सही सूचना फैलाउन सबैले मदत गरिदिनुहोला ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ