+
Search

ताजा अपडेट +

पपुलर +

संसदमा रास्वपाका प्रश्न: मन्त्रीको राजीनामा भ्रष्टाचार अपराधबाट मुक्ति पाउने गंगास्नान हो

अनु आचार्य
अनु आचार्य
२०८२ श्रावण १९, सोमबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम साहले भ्रष्टाचार आरोप लागेका मन्त्रीहरूले राजीनामा दिने बित्तिकै छानिबन गर्न नपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यो कस्तो नयाँ परम्परा हो । भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो । राजीनामा भनेको भ्रष्टाचार को अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ । तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदृष्य शक्तिको संरक्षण दिएको छ । के उहाँको लागि अर्कै कानुन छ । छानबिन गर्नु पर्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

अनु आचार्य