पोखरा- प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका ११, रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिबीच व्यावसायिक साझेदारी गरेका छन्।
यही साउन २९ मा प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई अस्पतालका सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौतामा मेडिप्लस हस्पिटलका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक प्रमुख व्यवसाय केन्द्र अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
विशेष गरी बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो।
हस्पिटलले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ।
प्रतिक्रिया