काठमाडौं- बैतडी कुवाकोट निवासी एमाले केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुँवर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
जनयुद्ध कालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका उनी तत्कालीन नेकपा विभाजनपश्चात एमालेमा सक्रिय थिए।
कुवरलाई माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै निवास खुमलटारमा स्वागत गरे।
माओवादी केन्द्रका बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरले दिपेन्द्र कुँवर पार्टीमा पुनर्मिलनको निम्ति सहजीकरण गरेका थिए।
प्रतिक्रिया