+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई नक्खु कारागार ल्याउने

पालिका लाइभ
२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई नख्खु कारागार सरुवा गरिने भएको छ ।

गृह मन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न निर्देशन लगत्तै कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गरेको छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई सरुवा नक्खु कारागार ल्याउने निर्णय गरेका हुन् ।

अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको  छ ।

लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ